Sagun Khabar
बैतडीका एक कोरोना संक्रमितलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगियो 
Atrya hospital

बैतडी –बैतडीबाट एकजना कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । बैतडीको शाहीलेक स्थित निको शक्ति अस्पतालका डाक्टरलाई कोरोना पोजेटिभ देखिएपछि थप उपचारका लागि मंगलबार काठमाण्डौं लगिएको हो । 

सोमबार मात्रै कोरोना पुष्टि भएका ती डाक्टरको स्वास्थ्य अवस्था भने समान्य रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

मनाङ एयरको हेलिकप्टरबाट ती डाक्टरलाई काठमाण्डौं लगिएको हो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update