Sagun Khabar
सुदूर पश्चिमलगायत देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने
Atrya hospital

बैतडी-आज सुदूर पश्चिमलगायत देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । अहिले मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

दिउँसो मौसम पूर्ण बद्ली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँकाअनुसार पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा आज पानी पर्न लागेको हो । यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुने उहाँले बताउनुभयो ।

यस्तै, आज वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँमा पनि हल्का पानी पर्ने छ । भोलि पनि वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा पानी पर्ने अनुमान छ । पर्सिदेखि भने पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हट्ने भएकाले मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन्  । अब पानी पार्ने अर्को कुनै प्रणाली नआए बिस्तारै गर्मी बढ्दै जाने छ ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ०८:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update