बैतडी–बैतडीमा हत्याको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा लाइ प्रहरीले पक्रउ गरेको हो ।
महरालाई आफ्नै सौता ४० वर्षीया चन्द्रा महराको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार समेत गरेको शाहीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यही माघ १८ गते घर नजिकैको बाँझो घरमा चन्द्रा मृत फेला परेकी थिइन् । नारुले घटनाअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ । चन्द्राको घाँटी र मुखमा चोट रहेको थियो ।