Sagun Khabar
सिप्रेड बैतडी द्वारा सरोकारवाला निकाय संग अन्तरक्रिया सम्पन्न

बैतडी-बैतडीको मुस्याचौरमा सिप्रडले सरोकारवाला निकाय संग आज अन्तरक्रिया सम्पन्न गरेको छ । सिप्रेड र एन सापले बैतडीमा  बिगत ५ बर्ष देखि प्याजको बीउमा कृषकहरूलाइ गरिरहेको सहयोग र सहकार्य बारे समिक्षात्मक अन्तरक्रिया गरेको हो । सिप्रेड र एन साप को साझेदारीमा प्याजका बिउ तथा कृषकहरूलाइ दिइरहेको प्राबिधिक सहयोग बारे सरोकारवाला निकाय संग अन्तरकृया गरेको सिप्रड बैतडीका संयोजक भुवन राज भट्टले जानकारी दिए ।

पाँच बर्ष देखि सिप्रेड र एन सापले कृषकहरूको लागि मुस्याचौरमा रहेको शिखर बीउ प्रवर्द्धन शहकारी संग समन्वय गरेर प्याजको बिउ र  कृषकहरूलाइ आवश्यक प्राबिधिक सहयोग उपलब्ध गराउदै आइरहेको थियो ।

Atrya hospital

यस कार्यक्रम मार्फत बिउमा सहुलियत लगायत प्राबिधिक सहयोग पाउँदा आफुहरूलाइ सजिलो भएको किसानहरूले बताएका छन ।

सिप्रेड मार्फत पाँच बर्ष देखि सञ्चालनमा रहेका कार्यक्रमहरू मार्चमा सकिरहेको भएकोले अबका दिनमा सिप्रेट र एन सापको साझेदारीमा दिइरहेको सपोर्ट स्थानिय तह मार्फत दिन आग्रह गर्दै आजको कार्यक्रम मार्फत सम्बन्धित निकायलाइ आग्रह गर्ने उदेश्यले अन्तरक्रिया राखिएको संयोजक भुवन भट्टले बताएका छन । किसानहरूको सहजताको लागि स्थानिय तहरूले बीउ विजन लगायत , प्राविधिक सपोर्ट गर्नेमा आफू बिश्वस्त रहेको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी भएका दशरथचन्द न पा १ का वडा अध्यक्ष भुवन भट्टले किसानहरूको सहजताका लागि बीउ लगायत प्राबिधिक सहयोगको लागि प्रकियागत रूपमा सकिने भुमिका निभाउने बताएका छन ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १९:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update