बैतडी–बैतडीको पाटन नगरपालिका स्थित पाटन नगर स्तरीय बालसञ्जालले पाटन नगरपालिकाका दस वटै वडाका माध्यमिक विद्यालयमा खेलकुद समाग्री बितरण गरेको छ ।
पटन नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका स्तरीय बालसञ्जालले भलिबल,नेट,ब्याटमिन्टन,रिङ्गलगायतका खेलकुद समाग्री बितरण गरेको बालसञ्जाल क्लबले जनाएको छ । क्लबका अध्यक्ष जानकी अवस्थी र सचिव देवेन्द्र ठगुन्नाले पाटन नगरपालिकाका दस वटै वडाका माध्यमिक विद्यालयमा गएर दश दिन लगाएर खेलकुद समग्री बितरण गरेको क्लबका अध्यक्ष जानकी अवस्थीले बताउनुभयो ।
बालबालिकाको खेलकुदमा अभिरुचि बढोस भन्ने हेतुले आफुहरुले खेलकुद समाग्री बितरण गरेको उहाँले बताउनुभयो । बालबालिकाहरुको हक अधिकारका बारेमा सरोकारवाला निकायहरु संग बोल्ने र उनिहरुका समस्यको समाधान खोज्ने उदेश्यका साथा क्लब सञ्चालन गरेको अध्यक्ष अवस्थीले बताउनुभयो