दार्चुला–भारतको उत्तराखण्डमा १४ फेब्रुअरी २०२२ मा हुने विधानसभा निर्वाचनको लागि दार्चुुलामा नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।
माघ २९ शनिबर बेलुका ५ बजे देखि फागुन ३ गते बिहान ७ बजेसम्म दार्चुलामा नेपाल–भारत सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
दार्चुलामा नेपाल–भारत जोड्ने ६ वटा सीमापुलसहित बैतडीका सीमा नाकाहरु बन्द रहने जिल्ला प्रसासन कार्यालय दार्चाुलाले जनाएको छ । निर्वाचनको समयमा १२ फेब्रुअरी बेलुका देखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनले समेत जानकारी गराएको छ ।
सीमापुलहरु दैनिक बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म नेपाल–भारत आवत जावतका लागि खुला गर्ने गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८ १३:२४
प्रतिक्रिया दिनुहोस्