Sagun Khabar
बैतडीमा फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य स्थगन

बैतडी–जिल्ला निर्वाचन कार्यालय बैतडीले फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य स्थगन गरेको छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै बैतडीमा पनि मतदाता नामावली सङ्कलन कार्य स्थगन गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

बैशाख ३० मा निर्वाचनको मति घोषण भएसंगै  आचारसंहिताअनुसार मतदाता नामावली सङ्कलन स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव प्रसाद फँुयालले जानकारि दिए  । मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ बमोजिम संकलन कार्य  स्थगन गरिएको हो ।

Atrya hospital

मतदाता नामावली सङ्कलनको पछिल्लो तथ्याङ्कको अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको फुयाँलले बताए । सङ्कलित नामावली रुजु गर्ने काम भइरहेको र माघ २९ सम्म रुजु कार्य आयोगमा पठाएपछि  मतदाताको  यकिन सङ्ख्या आउने र त्यसपछि मात्रै अन्तिम नामावली प्रकासन गरिने जनाइएको छ ।

यस अघि मतदाता नामावली सङ्कलन कार्य  जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नियमितरूपमा भइरहेको थियो । हालसम्म जिल्लाका एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराइ सकेका छन् । आयोगले कार्यातालिका सार्वजनिक गरेपछि त्यसैअनुसार जिल्लामा पनि तयारी थालिने र अहिले कार्यालयले आन्तरिक तयारी थालेको जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update