बैतडी–बैतडीका गाउँहरूमा नागरिकहरू अझै परम्परागत पानी घट्टकै प्रयोग गरिरहेका छन । शहरबजारहरूमा चक्की बाट कुटानी पिसानी गर्ने गरेको भए पनि गाउँमा पानी घट्ट बढि प्रयोगमा रहेको पाइन्छ ।
बढदो आधुनिकीकरण संगै शहर बजारमा बिजुलि बत्ती पुगे संगै मिलहरूको प्रयोग बढेको भए पनि गाउँघरमा पानी घट्टकै बढि चलन रहेको छ
स्थानीय स्तरमा उत्पादन गरेका अन्नबाली पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पुस्तौं देखि दैनिकी चलाउदै आएका छन । दिनभरि लगाएर पानी घट्टमा पालो पर्खेर गहुँ, मकै पिस्ने गरेको स्थानीय वासीको भनाई छ । सहर–बजारमा विद्युतीय सामानको प्रयोग बढ्दो रहेको छ । धान गहुँ पिस्न वा तेल पेल्न विद्युतीय मोटर जडित मिलको प्रयोग हुने गर्दछ ।
ग्रामीण क्षेत्रमा भने पानीघट्ट नै लोकप्रिय रहेको स्थानीयहरू बताउछन । सुर्नया ६ कोखेतमा विद्युत विस्तार भएपनि घट्टमा पिसेको पिठो आधुनिक मिल भन्दा स्वादिष्ट हुनेभएकोले गाउँका स्थानीय बासिन्दाहरूले पानीघट्टकै प्रयोग गर्ने गरेको स्थानीय मदन अवस्थीले बताए । घट्टमा पिस्दा शुल्क समेत नलाग्ने भएकोले घट्टकै प्रयोग बढि हुने गरेको उहाँको भनाइ छ । सुर्नया गाउँपालिका वडा नं ६ भित्र मात्रै करिब दर्जन बढि पानी घट्ट रहेका छन । नेपाली जीवनशैलीमा पानी घट्ट प्राचिनकाल देखि नै उपयोग गरेको पाइन्छ ।
ग्रीक भूगोलवीद स्ट्राबोका अनुसार सन् ७१ बीसीमा एसिया माइनरमा क्याबिराका राजा मिथराडेटस युपेटरको दरवार नजीकै पानी घट्टको प्रयोग भएको थियो । बगेको पानी ठाडो गरी राखिएको काठको सानो कुलेसो जस्तो डुँडबाट जोडले खनिदा काठको सानो मुँढोमा मिलाएर अड्काईएका पोहरामा पर्ने जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुँगा फनफनि घुम्छ र यही घुमाईसंगै यसले अन्नका दानाहरूलाई पिसेर धुलो बनाउने गर्दछ ।