बैतडी–बैतडीको डिलाशैनि गाउँपालिकामा तालाबन्दी गरिएको छ । सुचनाको माग गर्दा आनाकानी गरेकोले आज शुक्रबार ४ बजे तिर तालाबन्दी गरिएको नेपाली कांग्रेस डिलाशैनि कार्य समितिका सभापति जयराज जोशीले जानकारी दिनुभयो ।
आफुहरुले कार्यपालिकाको निर्णयको प्रतिलिपी,पाँच बर्ष सम्म भएका साना ठाुला योजनाहरुको विवरण,पालिका भरिका कर्मचारीको विवरणलगायतका कुराहरुको माग गरेको भएपनि दिन आनाकानी गरेकोले आफुहरुले तालाबन्दी गरेको उहाँले बताउनुभयो ।
उता पालिका अध्यक्ष उकेन्द्र बहादुर बोहराले भने आफुहरु संग कानुनी सल्लाहकार नभएको र दुई तीन दिन भित्रै उपलब्ध गराउने भनेको भएपनी तालाबन्ीद गरिएको जनाउनु भयो ।
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८ १६:२९
प्रतिक्रिया दिनुहोस्