बैतडी पत्रकार महासंघको सदश्यता विवादलाई लिएर प्रदेश समिति बैतडी पुगेको छ । सातौं जिल्ला अधिवेशनको समयमा गैर पत्रकारहरूलाइ सदश्यता दिएको भन्दै बैतडीका पत्रकार संघ संगठन र जिल्लाका क्रियाशील पत्रकारहरूले शुद्धीकरणको माग गर्दै आएका छन । यसै बिषयलाइ लिएर समन्वयका लागि प्रदेश समिति बैतडी पुगेको हो । प्रदेश समितिले बैतडीमा रहेका पत्रकारका संगठनहरू संग सहमतिको प्रयास गरेपनि सहमति जुटन नसकेको संगठनका प्रमुखहरूले बताएका छन ।
पुरानै शुद्धीकरणको माग तीन संगठनका प्रमुखहरूले राखेपछि सहमति जुटन नसकेको जनाएको छ । बैतडीमा रहेका पत्रकार संगठनहरू प्रेस चौतारि , समाजवादी प्रेस संगठन ,प्रेस युनियन ,प्रेस सेन्टर नेपाल, मिडिया नेपाल अहिले सक्रिय संगठनका रूपमा रहेका छन ।
पाँच ओटा संगठन मध्ये प्रेस चौतारी ,प्रेस सेन्टर नेपाल र मिडिया नेपाल गरि तीन ओटा संगठनहरूले पत्रकार महासंघ बैतडीको विवाद समाधानको लागि सहमति नजुटेपछि बहुमत संगठनको आधारमा शनिबार निर्णय गरेर केन्द्र र प्रदेशमा पठाइसकेको प्रेस सेन्टर नेपाल बैतडीका संयोजक करूणाकर भट्टले बताए । सहमति जुटाउने अधिक्तम प्रयास गर्दा पनि सहमति नजुटेपछि तीन संगठनले पुरानै प्रेम भाटको नेतृत्वमा रहेको बैतडी महासंघको समितिलाइ वैधानिकता दिने गरेर निर्णय गरेको भट्टले बताए ।
यस विषयमा निवर्तमान समिति अध्यक्ष प्रेम भाटलाइ बुझ्दा सहमती नभएपछि आफ्नो नेतृत्वमा रहेको समितलाई वैधानिकता दिन आग्रह गरेको बताएका छन । उनले भने सातौं जिल्ला अधिवेशनको समयमा बैतडीमा आफू अध्यक्ष हुदा हुँदै बैतडी महासंघबाट सदश्यता दिदा आफू बेखबर भएको र यसमा आपत्ति रहेको भन्दै शुद्धीकरणको माग रहेको भाटले बताए ।
शनिबार गरेको तीन संगठनको निर्णय हिजो शनिबार नै केन्द्र र प्रदेशलाइ पठाइसकेको भाटले बताए ।