धनगडी–सुदूरपश्चिम प्रदेश सभाका सचिव रामसिंह धामीले उमेर लुकाएर जागिर खाएको खुलेपछि पदबाट राजीनामा दिएका छन् ।
नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक जन्म मिति राखेर सचिव धामीले नियुक्ति लिएका पाइएको हो । सभामुख अर्जुनबहादुर थापालाई उनले राजीनामा बुझाएका थिए ।
राजीनामा आइतबार स्वीकृत भएको र उनको बिदाई गरिएको सभामुखको स्वकीय सचिव कबिन्द्र रोकायले बताए । २०१६÷११÷२९ शैक्षिक प्रमाणपत्रमा रहेकोमा नागरिकतामा भने २०३३ सालमा १८ वर्ष उल्लेख गरिएको छ ।
प्रदेशसभा सचिव नियुक्त हुन ४५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने प्रावधान रहेको छ । धामी ०७६ जेठ २८ गते प्रदेश सभा सचिवमा नियुक्त भएका थिए । नागरिकताअनुसार धामी नियुक्त हुँदाकै बखत ६० वर्ष उमेर कटिसकेको देखिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८ ०९:३३
प्रतिक्रिया दिनुहोस्