Sagun Khabar
मन्त्री आले फेरि विवादमा, गालीगलौजको अडियो सार्वजनिक

बैतडी-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले फेरि विवादमा तानिएका छन्  अश्लिल गालीगलौजको अडियो सार्वजनिक भए संगै फेरि विवादमा तानिएका हुन् । 

भारतको  मुम्बई बस्ने एक नेपाली युवकसंगको कुराकानिमा युवकलाई  अश्लिल गाली गर्दै ‘ठाउँको ठाउँ उडाइदिने’ धम्की दिएका आले यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेका छन्  ।

Atrya hospital

यतिवेला धम्की दिएको अडियो–भिडियो दुवै सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफूलाई सामाजिक सञ्जालमा कमेन्ट गरेको भन्दै आलेले ती युवकलाई निकै तल्लोस्तरको भाषामा गाली गरेका छन् । अडियोका अनुसार  उनले ती युवकलाई बसेकै ठाउँबाट उठाइदिने धम्कीसमेत दिएका छन् ।

निरन्तररूपमा मन्त्री आले तथा नेकपा एकीकृत समाजवादीका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् ।

यस्तै मन्त्री आलेको सचिवालयले भने तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै आपत्ति जनाएको छ । 
सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न सचिवालयको माग छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update