Sagun Khabar
चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुले

बैतडी–चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ ।

हिजो फेब्रुअरी १४ मा भारतको उत्तराखण्ड राज्यमा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट, दार्चुलाका ६ वटा सीमापुलसहित माघ २८ गतेदेखि बन्द गरिएको थियो ।

Atrya hospital

गत शुक्रवार देखि बन्द रहेका नाका खुलेसँगै नागरिकहरुलाई आवतजावत पनि सुरु भएको जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ । निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो । सीमापुलहरु दैनिक बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म नेपाल–भारत आवत जावतका लागि खुला गर्ने गरिएको छ । 

सीमा बन्द रहेको अवधिमा आकस्मिकरूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने बताइएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update