दार्चुला–दार्चुलाको दुहुँ गाउँपालिकाका अध्यक्षको छोरीको नाम पनि गरिबको सूचीमा राखिएको पाइएको छ ।
काँग्रेस दार्चुलाका सचिवसमेत रहेका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीको २७ वर्षीया छोरी साबित्री कार्कीको नाम गरिबको सूचीमा भेटिएको हो । साबित्रीले गरिब घर परिवारको सूची संकलनमा आफूलाई सामान्य गरिबमा राख्न लगाएको भेटिएको हो । तर, उनको आर्थिक स्तर तथा अवस्था भने त्यस्तो छैन ।
उनका श्रीमान पनि सशस्त्र प्रहरीका हवल्दार हुन् । साबित्री सोही ठाउँकै हिकिलास्थित स्वास्थ्य केन्द्रमा अनमीको रुपमा कार्यरत रहेकि छन् । कार्की दम्पत्ती जागिरे भएकाले घरको आर्थिक अवस्था सबल छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८ १५:५८
प्रतिक्रिया दिनुहोस्