बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकामा लामो चितुवा मृत अवस्थामा फेला परेको छ । पञ्चेश्वर गाउँपालिका –५, गिरेगाडामा पाँच फिट एक इन्चको चितुवा मृत फेला परेको हो । सोमवार मृत अवस्थामा भेटिएको चितुवालाई वन कार्यालयका कर्मचारि र प्रहरीले सदरमुकाम ल्याएको हो । चितुवालाई मङ्गलबार आज बैतडी सदरमुकाम ल्याएर खाल्डोमा गाडिएको छ ।
मृत अवस्थामा चितुवालाइ फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत चितुवा डिभिजन वन कार्यालय बैतडीलाई बुझाएर खाल्डोमा गाडिएको प्रहरीले जानाए हो । चितुवाको खुट्टा र पछाडिको भाग केही जङ्गली जनावरले खाएको अवस्थामा फेला परेकोले भाले पोथि छुट्याउन भने नसकिएको डिभिजन वन कार्यालय बैतडीका डिभिजन अधिकृत भिम प्रशाद कँडेलले जानकारि दिए ।
कँडेलका अनुसार नापजाँच गर्दा पाँच फिट एक इन्च लामो चितुवाको खुट्टा देखि तलको भाग खाएको अवस्थामा रहेको छ । आफै मर्यो कि कसैले मार्यो भन्ने कुरा नखुलेको जनाइएको छ । बैतडीमा पटक पटक चितुवा मृत फेला पर्नेगरेको वन कार्यालयको भनाई छ ।