Sagun Khabar
युवाहरूको पहलमा पवित्र धार्मिक स्थल पातालभुमेश्वरमा सरसफाइ 

बैतडी-बैतडीको धार्मिक तथा पर्यटकीय स्थल पत्ताल भुमेश्वरमा  सरसफाई गरिएको छ । ’स्वच्छ प्रदेश स्वस्थ युवा,समृद्ध प्रदेश समाजका लागी एक दिन’ भन्ने मुलनाराका साथ सरसफाइ  गरिएको जनाएको छ ।

 प्रदेश युवा परिषदको आयोजनामा ९ ओटै जिल्लामा कार्यक्रम रहेको बताएको छ । बैतडीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल पत्ताल भुमेश्वरमा सरसफाई गरिएको प्रदेश युवा परिषदका कार्यकारी सदश्य लक्ष्मी दत्त जोशीले जानकारी दिएका छन  । स्वच्छ समाज बनाउन सरसफाइ महत्वपुर्ण रहेको र सबैले सरसफाइमा ध्यान पुर्याउनुपर्नेमा उहाँले जोड दिए ।

Atrya hospital

पर्यटकीय क्षेत्रको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत प्रदेश युवा परिषद्को आयोजनामा उक्त कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रममा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवर र सदस्य ईश्वरी दत्त भट्टलगायत बैतडीका युवा विद्यार्थीका साथै पत्रकार तथा प्रहरी चौकी सतबाँझका प्रहरी कर्मचारीहरू गरेर ३६ जनाको सहभागीतामा सरसफाइ गरिएको हो ।

यो भन्दा अगाडि कञ्चनपुर,डडेल्धुरा बझाङ्गमा सरसफाइ गरिएको बताएको छ । यस्तै बुधबार डोटिमा सरसफाइ गर्ने तयारी रहेको जोशीले जानकारी दिएका छन ।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update