Sagun Khabar
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम:बैतडीका ७४ सार्वजनिक विद्यालय छनोट। ( लिस्ट सहित)

बैतडी - सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा बैतडीका ७४ सार्वजनिक विद्यालय छनोट गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले विद्यालय छनोट गरेको हो । छानिएकामध्ये चारकोठे भवन ८, दुई कोठे भवन ३२, आईसीटी ल्याब व्यवस्थापन  ३३ र प्राविधिक ल्याब १ निर्माण गरिने भएको छ ।

बैतडी मध्ये पाटन नगरपालिकामा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । ६ विद्यालय २ कोठे भवकालागी र ६ विद्यालय आईसीटी ल्याब व्यवस्थापनका लागी छानिएका छन् । दोगडाकेदार गाउँपालिकामा  २ विद्यालयमा चारकोठे भवन , चार  विद्यालयमा दुईकोठे भवन र ३ विद्यालयमा आईसीटी व्यवस्थापनका लागी भने सिगास गाउँपालिकामा ७ विद्यालयमा दुईकोठे भवन, आईसीटी ल्याब व्यवस्थापनमा २ विद्यालय  छनोट भएका हुन् ।

Atrya hospital

यस्तै पुचौँडी नगरपालिकामा १ विद्यालयमा चारकोठे भवन, १ विद्यालयमा दुईकोठे भवन, र ६ विद्यालयमा आईसीटी ल्याब व्यवस्थापनमा छनोट भएका छन् भने दशरथचन्द नगरपालिकामा १ विद्यालयमा चारकोठे भवन, २ विद्यालयमा दुईकोठे भवन, ४ विद्यालयमा आईसीटी व्यवस्थापनका लागी छनोट भएका छन् ।

यस्तै मेलौली नगरपालिकामा चारकोठे भवन १, दुईकोठे भवन १, आईसीटी ल्याब ४,  प्राविधिक ल्याब १  गरि जम्मा ७  विद्यालय छनोट भएका छन् भने डिलाशैनी गाउँपालिकामा ४ कोठे भवनकालागी १, दुई कोठे भवनकालागी २ र आईसीटी ल्यवका लागी ३ विद्यालय छनोट भएका छन् भने शिवनाथमा ५ दुइकोठे भवन र ३ आईसीटी ल्यव निर्माण हुनेभएका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा २ विद्यालय चारकोठे, २ दुईकोठे र १ आईसीटी ल्याब छन् भने सुर्नया गाउँपालिकामा दईकोठे भवनका लगी २ र आईसीटी ल्यावका लागी ३ विद्यालय छनोटमा परेका छन् ।  यहाँका १० वटै स्थानीय तहबाट ३५६ विद्यालय सिफारिस गरिएका थिए । 

देशभरि राष्ट्रपति शैक्षिक सुधारका लागि  सात अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख र  दुईकोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्यावका लागी ६ लाख ५० हजार र एउटा ल्यावको लागी १० लाख रकम छुट्याएको छ ।  

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update