Sagun Khabar
बैतडीमा थप ६० जनामा कोरोना पुष्टि, ११ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा मंगलबार थप ६० जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन विधि र पीसीआर विधिबाट परीक्षण गर्दा थप ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए  ।

एन्टीजेन विधिबाट बझाङको बित्थडचीरका २२, ३४ र ४३ बर्षीय पुरुष, दशरथचन्द नगरपालिका ५ का २५ बर्षीय पुरुष र पुर्चौंडी नगरपालिका ५ का २९ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

Atrya hospital

यस्तै पीसीआर विधि मार्फत कोरोना परीक्षण गर्दा दशरथचन्द नगरपालिकाका २५, सिगास गाउँपालिकाका २७, मेलौली नगरपालिका २ र डिलाशैनी गाउँपालिकाका १ जना संक्रमण पुष्टि भएको छ ।

मंगलबार ११ जनाले कोरोना जितेका छन् भने एकजनाको मृत्यु भएको छ । थप ६० जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा सक्रिय संक्रमितको संख्या ६४७ पुगेको छ ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३०५ जना, पाटन नगरपालिकामा ११५ जना, पुर्चौंडी नगरपालिकामा ३२ जना र मेलौली नगरपालिकामा २६ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६७ जना, सिगास गाउँपालिकामा ३६ जना, सुर्नया गाउँपालिकामा २२ जना, शिवनाथ गाउँपालिकामा १९ जना, दोगडाकेदार गाउँपालिकामा १५ जना र डिलाशैनी गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीमा ८ जना अन्य जिल्लाका सक्रिय संक्रमित पनि आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update