बैतडी - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव बैतडीमा पनि परेको छ । बन्दका कारण बैतडीबाट चल्ने लामो तथा छोटो दुरिका यातायातहरू चल्न सकेनन । फ्याट्ट फुट्ट रूपमा छोटो दुरिका यातायात चलेपनि लामो दुरिका यातायात पुर्ण रूपमा बन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता दर्शन खडकाले बताए ।
बजार, शैक्षिक संस्था लगायत केहि ठाउँमा सञ्चालनमा आएपनि धेरै जसो ठाउँमा बन्द रहेका थिए । यातायात दिनभरि जसो बन्द रहेपनि रात्रिकालिन यातायात सेवा सञ्चालनमा आएका जनाएको छ ।
एमसीसी पास नगर्न दवाव स्वरूप एक दिने नेपाल बन्द गरिएको पार्टीका बैतडी जिल्ला सचिव राम सिंह कुवरले जानकारी दिए । एमसीसीका विरूद्ध पार्टीको सर्कुलर अनुसार बैतडीमा पनि बन्द गरिएको जनाएको छ ।
बिरोधका बिच पनि एमसीसी पास गरिए पार्टीले जस्तोसुकै कदम चाल्न बाध्य हुने गरि पार्टी भित्र निर्णय भइसकेको सचिव कुवरले बताएका छन । राष्ट्रघाती सम्झौताका सम्झौता विरूद्ध गरिएको बन्दमा सहयोग गर्ने सबैलाई सचिव कुवरले धन्यवाद समेत दिएका छन ।