बैतडी-बैतडीमा विप्लव नेतृत्वको नेकपा का कार्यकर्ता भन्दै चन्दा अशुल्न खोजेको प्रति पार्टीले आपत्ति जनाएको छ । पुर्व माओवादीका कार्यकर्ता रहेका दुई जनाले अहिले विप्लव कार्यकर्ता रहेको भन्दै चन्दा अशुल्न खोजेको गुनासो आएको नेकपा बैतडीका जिल्ला सचिव राम बहादुर कुवरले बताएका छन ।
पुर्व माओवादी रहेका कर्णाली र आँसु उप नाम गरेका दुई जनाले चन्दा अशुल्न खोजेको गुनासो आएकोले यस्तो नगर्न सचिव कुवरले आग्रह गरेको छ ।
विप्लव कार्यकर्ता भन्दै जथाभावी चन्दा अशुल्ने , डर त्रास देखाउने गरेको प्रमाण भेट्टिएमा पार्टीले कडा कदम चाल्ने भन्दै चेतावनी समेत दिएका छन । जथाभावी यस्तो गरेको पाइएमा आफुहरूलाइ खबर गर्न पनि उनले आग्रह गरेका छन ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८ १०:०३
प्रतिक्रिया दिनुहोस्