Sagun Khabar
बैतडी पत्रकार महासंघ विवाद , विधान विपरीत कार्यसमिति घोषणा 

बैतडी-बैतडी पत्रकार महासंघको विवाद टुङग्याउने भन्दै महासंघको नयाँ कार्यसमिति विधान विपरीत घोषणा भएको आरोप लागेको छ । पत्रकार महासंघ केन्द्रले समन्वय गर्न प्रदेश समितिलाई चिठी पठाए पनी त्यो हुन नसकेको केही पत्रकारहरूको भनाइ छ  । प्रदेश समितिले सहमतिको नाममा उल्टै मिसन अनुसार कार्यसमिति विधान विपरीत घोषणा गरेको आरोप लागेको हो ।

गत चैतमा सातौं जिल्ला अधिवेशनमा सदश्यता शुद्धीकरणको बिषयलाई लिएर बैतडीमा निर्वाचन स्थगित भएको थियो। तर शुद्धीकरणको एजेन्डा राखेर आन्दोलन भएपनि केन्द्रको प्रतिनिधिको नेतृत्वमा घोषणा भएको टिम भित्र नै व्यापारी , एनजीओ कर्मीहरूलाई चयन गरेको पाइएको छ । पत्रकार महासंघको बिधान अनुसार गैर पत्रकारहरूले सदश्यता लिन नपाउने , सदश्यता लिएको भए शुद्धीकरण गरेर हटाउने प्रावधान भए पनि महासंघ केन्द्रकै प्रतिनिधिले समितिमा गैर पत्रकार चयन गरेर विधानको धज्जी उडाएको छ । 

प्रदेश समितिले विवाद समाधान गर्नु भन्दा नेतृत्व प्रेस युनियनलाई दिन मिसन बनाएर नेतृत्व प्रेस युनियनलाई दिएको मिडिया नेपाल बैतडीका प्रतिनिधिको आरोप छ । बैतडी पत्रकार महासंघमा आफ्ना  सदश्यहरूको बहुमत रहेको दावी गरेको समाजवादी प्रेस संगठनले महासंघको नेतृत्व आफुले पाउनुपर्ने दावी गर्दै आएको थियो यस्तै गत चैतमा ७७ वटै जिल्लामा भएको महासंघको चुनावमा देश भरिका अधिकांश पत्रकारका पेशागत संगठनहरूको गठबन्धनमा बैतडी जिल्लाको नेतृत्व  समेत समाजवादीकै भागमा परेको थियो । यी सबै कुरालाई बेवास्ता गरेर केन्द्र र प्रदेशमा युनियनको नेतृत्व भएको कारण दम्भका साथ बैतडी पत्रकार महासंघको नेतृत्व युनियनको पोल्टामा पारेको छ  । 

Atrya hospital

पत्रकार महासंघ केन्द्रले प्रदेश समितिलाइ पठाएको चिठीमा के भनेको थियो ?

पत्रकार महासंघ जिल्ला साखा बैतडीको विवाद भएको एक बर्ष पुग्नै लाग्दा विधान विपरीत कार्यसमिति चयन गरेको प्रष्ट छ । परिच्छेद ५- १६- क अनुसार साखामा रहेका सदश्यहरूले गोप्य मतदान गरि कार्यसमिति चयनगर्नुपर्ने भनिएपनि बैतडीमा विधान विपरीत टीका लगाएर समिति गठन भएको छ  ।

जिल्ला कार्यसमिति चयन गर्ने व्यवस्था विधानमा के छ ?

सहमतिका नाममा फण्डा 

सहमति फण्डा नं १

 पत्रकार महासंघ बैतडीको  विवाद समाधान गर्ने भन्दै गत माघ २८ गते प्रदेश समिति बैतडी पुगेको थियो । बैतडीमा रहेका ५ पेशागत  संगठनका प्रतिनिधिहरू राखेर सहमति गर्न खोज्दा कुनै सहमति जुटन सकेन । सहमतिको प्रयास असफल भएपछि पाँच संगठन मध्ये बहुमत तीन संगठनले पुरानै कार्यसमिति लाई निरन्तरता दिने र शुद्धीकरण गर्ने सहमति गरेका थिए तर प्रदेश समितिले अस्वीकार गरेको थियो । प्रदेश समितिले पाँच ओटै संगठन मिलाएर मात्रै बैतडी मा समिति चयन हुन्छ बहुमतको आधारमा हुदैन भन्दै पुरानो समितिलाई तीन संगठनले गरेको निर्णय अस्वीकार गरेको निवर्तमान अध्यक्ष प्रेम भाटले बताए । उनले भने सुरूमा बहुमतले पुरानै समितिलाई दिएको सहमति बदर गरायो तर अहिले पनि सर्ब स्विकार्य समिति बनाउछु भन्दै आफ्नो चाहना अनुसार समिति बनायो यसले प्रष्ट रूपमा मिसन अनुसार भएको बुझ्न सकिन्छ ।

सहमति फण्डा नं २

पुरानो समितिलाई निरन्तरता दिने पहिलो सहमति अस्वीकार गरेर प्रेस चौतारीलाई हातमा लिदै बहुमत चार संगठनको सहमति जुटाउने नाममा चार संगठनलाई सहमति खाका बनाउन लगाएर सहमति भएको घोषणा गर्यो  । उक्त सहमत पछि  संगठनमा आवश्यक छलफल नभएको भन्दै प्रेस चौतारीले दिएको सहमति फिर्ता लिएको  विज्ञप्ति निकाल्दै बाहिरियो । 

प्रेस चौतारी बाहिरिएपछि मिडिया नेपाल पहिला देखि नै बाहिर थियो । प्रेस सेन्टरले पुरानै समितिलाई निरन्तरता दिनुपर्ने नभए संयुक्त राजिनामा दिने भन्दै चार संगठनले गरेको सहमति विपरीत संयुक्त राजिनामा लेखेका थिए । 
दुई चोटि सहमतिको प्रयास भएर निर्णय हुदा समेत प्रदेश समितिको चाहना बिपरित समिति बनेको कारण फेल गरेर आफ्नो अनुकुल समिति बनाएर घोषणा गरेको क्रियाशील पत्रकार महेश अवस्थीको आरोप छ ।

मिडिया नेपाल लगायत बैतडीमा रहेका केही क्रियाशिल पत्रकारहरूले विरोध जनाएकै अवस्थामा महासंघ केन्द्रको प्रतिनिधिको उपस्थितिमा  बैतडीमा जिल्ला कार्य समिति घोषणा गरेको छ । उक्त समिति अवैधानिक र कसैको मिसन अनुसार घोषणा भएको भन्दै केही संगठन तथा क्रियाशील पत्रकारहरूले विरोध जनाएका छन ।

यस्तै राष्ट्रिय परिषद सदश्यमा नसोधीकनै नाम राखेको खुलेको छ । राष्ट्रिय परिषद सदश्य भनेर अमर राज भट्टराई र गोकर्ण दयालको नाम राखेकोमा उनिहरूले आपत्ति जनाएको छ । अमर भट्टराईले भने राष्ट्रिय परिषद सदश्यमा नाम राखेको सुने तर  हामी बेखबर छौ नाम कसरी राखियो थाहा छैन ।

समिति घोषणाका बिषयमा बुझ्न खोज्दा आफुलाई घोषणा बारे थाहा नभएको पत्रकार महासंघ प्रदेश समितिका महासचिव राम सिंह ठगुन्नाले बताए । उनले भने प्रदेश अध्यक्ष योगेश रावललाई विवादका बिच बैतडीमा घोषणा नगरौ, सल्लाह गर्नुपर्छ भनेको थिए तर घोषणा बारे मलाइ केही जानकारी छैन । केन्द्रीय प्रतिनिधि भएर बैतडीमा नयाँ कार्यसमिति घोषणा गराएका उत्तर बिष्टलाई बुझ्न खोज्दा उनको फोन रिसिभ भएको छैन  ।

पत्रकार महासंघ बैतडीमा विवाद हुनुको कारण के हो ?

गत चैतमा पत्रकार महासंघ बैतडी शाखाको अधिवेशनका क्रममा जिल्लामा कार्यरत सञ्चारकर्मीहरुभन्दा झण्डै तीन गुना बढी ब्यक्ति सदस्य भएर आएपछि सक्रिय संचारकर्मीहरुले बिरोध गरेका थिए । जिल्लाबाटै सिफारिस गरिएका ५३ जना मध्ये पनि अधिकांश पत्रकारिता पेशासँग आवद्ध नभएका र प्रदेशमा चोरबाटोबाट त्यो संख्या बढेर ७६ जनाको सूची आएको थियो । 

पुराना सदस्यहरुमध्ये पनि सक्रिय पत्रकारका नाम हटाएर १ सय ३२ जना गैर पत्रकारहरुको झुण्ड बनाइएको आरोप महासंघको तत्कालिन प्रदेश कमिटीलाई लागेको थियो । हाल बैतडीमा ३० देखि ४० जना पत्रकार मात्र सक्रिय छन । 

महासंघमा भने गाडीका सह चालक, कार्यालय सहयोगी, शिक्षक, कर्मचारी, जनप्रतिनिधि,राजनीतिकर्मी गरी १ सय ३२ जना सदस्य रहेका छन् । सोही बिषयलाई लिएर विवाद हुदाहुदै शुद्धीकरण बिना कार्यसमिति मिसन अनुसार घोषणा गर्नु ठिक नभएको गुनासो बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update