Sagun Khabar
मंगलबार सुदूरपश्चिममा २८१ जनाले कोरोना जिते, ३१ जनाको मृत्यु 
Atrya hospital

बैतडी -सुदूरपश्चिममा मंगलबार २८१ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लाका संक्रमितहरु मध्ये २८१ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमणबाट ३१ जनाले ज्यान गुमाएका छन् । कञ्चनपुरका १६, कैलालीका १०, बझाङका २, बैतडी, डडेल्धुरा र अछामका एक÷एक जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी मंगलबार १ हजार ७ सय २३ नमूना परीक्षण गर्दा थप ८१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update