बैतडी–दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले शनिबार धनगडीमा समन्वयात्मक कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो भासाको जगेर्ना गर्न , खेलकुदमा विद्यार्थीहरुको पहुँच पुर्याउन पहल गर्न ,स्वास्थ्य तथा सामाजिक कार्यमा युवाहरुको सक्रियता बढाउने लगायतका बिषयमा छलफल भएको जनाएको छ ।
बैतडी विद्यार्थी समाज कैलालीका पदाधीकारी,राजनितिक दलका प्रतिनिधी,पत्रकार लगायत खेलकुदका प्रशिक्षकहरु संग समन्वयात्मक कार्यक्रम गरेको दशरथ चन्द बैतडी समाज कैलालीका अध्यक्ष जय बहादुर कुवरले बताएका छन ।
पुख्र्यौली घर बैतडी भई हाल धागडीका विभिन्न कलेजहरुमा अध्यनरत विद्यर्थीहरुका हकहितको बारेमा पहल गर्ने, नव प्रवेशि विद्यार्थीहरुलाइ सहज गराउने, सामाजिक कार्यमा अग्रसर रहने जस्ता कार्य यस समाजले गर्दै आएको अध्यक्ष कुवरले जानकारी दिए । विद्यार्थीहरुलाई प्रोत्साहन र प्रशिक्षण दिदै आएको समाजले संस्थापक सदश्यहरु संग अगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बिषयमा पनि समन्वय गरेको कुवरको भनाई छ ।