काठमाण्डौ – अमेरिकी सहायता परियोजना एमसीसी टेलब गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट सदनमा यो सम्झौता पेस भएको हो ।
सम्झौता संसदमा पेस गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसीको कार्यान्वयनपछि नेपालमा चार सय केभी क्षमताको तीन सय किलोमिटर लामो प्रसारण लाइन बन्ने र विद्युत् सेवाको विस्तार र अन्तर्राष्ट्रिय बजार पाउने बताउनुभयो । यस्तै नमुनाको रूपमा गुणस्तरीय सडक पनि निर्माण हुने उहाँको भनाइ छ । सम्झौता कार्यान्वयनपछि झन्डै ५० लाख जना नेपाली लाभान्वित हुने पनि मन्त्री कार्कीको दाबी छ ।
यसैबीच संसद्को अर्को बैठक फागुन १२ गते बस्ने सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो ।