Sagun Khabar
बैतडीमा पेट्रोलियम पदार्थमा कालोबजारी , सम्बन्धित निकाय मौन 

बैतडी– बैतडीमा पेट्रोलियम पदार्थमा व्यापक कालोबजारी हुने गरेको गुनासो आएको छ  । जिल्लामा पेट्रोल पम्प भएपनि पेट्रोल उपलब्ध नहुने सेवाग्राहीले गुनासो गरेका छन । सतबाँझ स्थीत जिल्लाको एक मात्र भण्डारी आयल स्टोरमा जहिल्यै पेट्रोल अभाव हुने गरेको गुनसो विगत देखि नै आउने गरेको छ ।  

पम्पमा पेट्रोल नपाएपछि  चर्को मुल्यमा मिसावट गरेको गुणस्तर हिन तेल लिन बाध्य भएको सेवाग्राहीहरू बताउछन् । अहिले पेट्रोलमा मुल्य बृद्धि भएर प्रति लिटर १४७ रुपयाँ पुगेपनि यो भन्दा पहिलेनै पसलहरुमा १६० देखि १७० रूपैयाँ मा बिक्री भइरहेको गुनासो आएको छ । पसल अनुसार फरक फरक दरमा बिक्री हुनेगरेको सेवाग्राहीहरूको भनाइ छ । यस बिषयमा सम्बन्धित निकाय मौन रहेका कारण झन समस्या भोग्नुपरिरहेको नागरिकहरूको गुनासो छ ।

Atrya hospital

यता जिल्ला प्रशासन कार्यालय बैतडीले सतबाँझमा रहेको भण्डारी आयल स्टोरलाई सोध्दा पेट्रोलमा घाटा हुने गरेको कारण डिजेल मात्र बेच्ने गरेर काम गरिरहेको भन्ने प्रशासनलाई जानकारी गराएको बताएको छ । पेट्रोल ल्याएको वा नल्याएको बिषयमा बुझ्दा आयल निगम बाटै बैतडी पम्पमा पेट्रोल ल्याउने नगरेको भेट्टिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीले बताए  । उनले भने “व्यापारमा घाटा लाग्छ भनेर लाइसेन्समा कारोबार घटाएर डिजेल मात्र भण्डारी आयल स्टोरले ल्याउने गरेको बुझिएको छ तर कालो बजारी गरेको भन्ने गुनासो आएकोले कुनै प्रमाण वा संलग्नता भेट्टिएमा प्रशासन द्वारा कानुन बमोजिम कार्वाहि हुने छ”। बजारमा पेट्रोल बिक्री गरिरहेका व्यवसायीहरूले गुणस्तर हिन बेच्ने गरेको र मुल्य चर्को लगाएको भन्ने बिषयमा अनुगमन गरिरहेको सुचना अधिकारी भारतीको भनाई छ ।

पेट्रोल अभावको बिषयमा धेरै ठाउँबाट गुनासो आएको कारण प्रहरी मार्फत जिल्लामा पेट्रोल बिक्री गर्ने पसलहरुको तथ्याङ्क संकलन गरिरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । पसलहरुको तथ्याङ्क संकलन गरि  मापदण्ड अनुसार बेचे नबेचेको अनुगमन गर्ने र चर्को शुल्क लिएको भेटिए कानुन बमोजिम कार्वाही गर्ने सुचना अधिकारी भारतीले बताएका छन ।

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update