Sagun Khabar
कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु 
Atrya hospital

कैलाली -कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ३५ वर्षीय मीन ठकुल्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मंगलबार राती घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीस्थित पश्चिमबाट पुर्वतर्फ गइरहेको ना ४ ख ८९४० नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको से ५ प २२९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।  
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update