बैतडी-बैतडीमा नेकपा एमालेले दश ओटै पालिकामा पालिका स्तरीय बैठक आइतबार सम्पन्न गरेको छ । जिल्ला कमिटी बैठकले यहीँ फागुन ३ र ४ गते गरेको सर्कुलर र निर्णय अनुसार जिल्लाका १० वटै पालिकामा बैठक सम्पन्न गरेको एमाले जिल्ला कमिटीका प्रचार तथा प्रकाशन बिभाग प्रमुख लोक बहादुर भण्डारीले बताएका छन ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई ध्यानमा राखेर पार्टी को सुदृढीकरणको अभियानलाई अगाडि बढाउन ८४ वटै वडामा कार्यक्रम गर्ने गरि दस वटै पालिकाको बैठकले निर्णय गरेको जनाएको छ ।
प्रत्येक वडामा कार्यकर्ता प्रशिक्षण चलाउने , टोल कमिटी गठन गर्ने, पार्टी सदश्यता वितरणमा तिब्रता दिने , विभिन्न समयमा पार्टीबाट बाहिर गएकाहरूलाई घर फर्क अभियान चलाउने लगातका कार्यक्रम गर्ने गरि ८४ ओटै वडामा आजका बैठकले सर्कुलर गरिसकेको जिल्ला प्रचार विभाग प्रमुख भण्डारीले बताए । उक्त कार्यक्रमहरू चैत ७ गते भित्र सक्ने गरेर प्रत्येक वडामा सर्कुलर भइसकेको जनाएको छ ।