Sagun Khabar
पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ बढ्यो
फाइल फोटो

काठमाडौं-पछिल्लो एक वर्षमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ बढेकोछ ।

अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पनि परेको हो । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेर आएको भन्दै विगत एक वर्षदेखि स्थानीय बजारमा लगातार मूल्य बढाइरहेको छ ।

Atrya hospital
 

त्यसको असर आम उपभोक्तामा पर्न गएकोछ । निगमका अनुसार अघिल्लो वर्ष २०७७ फागुन ४ मा पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ रहेकोमा हाल बढेर १४५ पुगेकोछ । यस्तै, सो अवधिमा डिजेल प्रतिलिटर ९७ रुपैयाँ मूल्य रहेकोमा अहिले बढेर १२८ पुगेकोछ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य बढेको निगमले बताउँदै आएकोछ ।

#ईमेज खबर#

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update