बैतडी– बैतडीको पाटन नगरपालिका भित्रका बिद्यालयहरु मंगलबार आज बन्द हुने भएका छन । पाटन नगरपालिका ३ मा सोमबार भएको टिप्पर दुर्घटनामा तीन जना बिद्यार्थी ,एक जना स्थानीय लगायत ४ जनाको दुखद निधन भएपछि पाटन बासि सोकमा रहेको भन्दै नगरपालिकाले मंगलबार नगर भित्रका शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिएको छ ।
शोक बिदाको रुपमा नगर क्षेत्रभित्रका शिक्षण संस्था बन्द रहने पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरेको छ । सोमबार अपराह्न चार बजेको समयमा पाटन नगरपालीका ३ झालीमालीमा टिप्पर दुर्घटना हुदा सिगास मावि गौरीशंकर पोखरीमा अध्ययनरत ३ जना बिद्यार्थी सहित एक जना स्थानीय गरि ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८ ०८:४०
प्रतिक्रिया दिनुहोस्