बैतडी–बैतडीमा सोमबार दिउँसो भएको टिप्पर दुर्घटनाका एक जनालाई धनगढी रेफर गरेको छ । डडेल्धुरामा उपचार हुन नसकेपछि गम्भीर घाइते रहेका सन्दिप बिष्टलाइ धनगढी रेफर गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए । घाइते ५ जना मध्ये ४ जना भने डिस्चार्ज भई घर फर्कि सकेका प्रहरीले जनाएको छ ।
शोमबार भएको टिप्पर दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । तिन जनाको घटनास्थलमै मृत्युु भएको थियो भने थप एक जनाको उपचारको लागि लेजादै गर्दा बाटोमा मृत्युु भएको थियो ।
दुर्घटनामा परि मृत्युु हुनेमा पाटन न पा ३ का १२ वर्षिय राजेश पन्त , पाटन ३ का ४५ वर्षिय जनक राज पन्त , पाटन ३ कै १२ वर्षिय ज्ञानु बिष्ट , र १७ वर्षिय ललित अवस्थी रहेका छन ।
दुर्घटना पछि फरार रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुमानबाट हेर्दा टिप्पर अनियन्त्रित भएर पल्टेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । चालक नियन्त्रणमा ल्याइसकेकोले यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।