बैतडी-नेकपा माओवादी केन्द्र पाटन नगरपालिका बैतडीको नगर स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको नगर कमिटी अध्यक्ष तर्क सिंह ठगुन्नाले जानकारी दिएका छन । आउदो चुनावमा पाटन नगरपालिकामा कार्यकर्ताहरूले खेल्नुपर्ने भुमिका र रणनीतिका बिषयमा कार्यक्रममा छलफल भएको नगर अध्यक्ष ठगुन्नाले बताएका छन ।
साथै सोमबार पाटन ३ मा भएको टिप्पर दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति शोक प्रस्ताव पारित गरेको बताएको छ । मंगलबार सम्पन्न प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदश्य एवम् जिल्ला इन्चार्ज नरेन्द्र कुवर विजय शुन्दर प्रमुख अतिथि रहेका थिए भने प्रदेश समिति सदश्य धर्म सिंह ऐर कपिल, राधिका खडका, जिल्ला समन्वय समिति उप प्रमुख धन बहादुर बोहरा लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यसै गरि स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखि जिल्लाका १० वटै स्थानीय तहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुने नगर अध्यक्ष ठगुन्नाले बताएका छन ।