Sagun Khabar
बैतडीमा सवारी दुर्घटना बढ्दै, साउन यता मात्र २० जनाको मृत्यु 

बैतडी–बैतडीमा पछिल्लो समयमा सवारी दुर्घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको साउन यता मात्रै जिल्लाभरी सवारी दुर्घटनामा परेर २० जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गएको सोमबार मात्रै पाटन नगरपालिकामा भएको टिप्पर दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ । यस्तै ८ महिनाको  अवधिमा सवारी दुर्घटनामा परेर ४१ जना घाइते भएका छन् ।

Atrya hospital

चालकको लापरबाही तथा मादक पदार्थ सेवन , तीव्र गतिमा सवारी साधन चलाउने, ट्राफिक नियमको उल्लंघन गर्ने लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सुचना अधिकारी राजेन्द्र बहादुर सिंहले बताए । पक्की सडकको तुलनामा ग्रामीण कच्ची सडकमा बढी सवारी दुर्घटना हुने गरेको सिंहले सिंहको भनाइ छ ।

जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि पहल थालेको जनाएको छ । चालकहरुलाई सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराका बारेमा अभियान मार्फत नै जानकारी दिने गरिएको जिल्ला ट्राफिक कार्यालय बैतडीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update