Sagun Khabar
कैलालीको एक विद्यालयमा लेखापालको  विद्यार्थीलाई यौन प्रस्ताव 
फाइल फोटो
Atrya hospital

धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा शिक्षक (लेखापाल) ले छात्रालाई यौन प्रस्ताव राखेर दुर्व्यवहार गरेको खुलेको छ । जिल्लाको घोडाघोडी नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरथ विद्यार्थीलाई यौन प्रस्ताव राखेको खुलेको हो ।

प्रहरीका अनुसार सहलेखापालको रुपमा कार्यरत सुरेन्द्र चौधरीले  कक्षा १२ मा अध्ययनरत एक छात्रालाई प्रलोभनमा पारेर यौन प्रस्ताव राखेका हुन् । उनले पैसाको प्रलोभन देखाएर यस्तो प्रस्ताव राखेको बताइएको छ । उक्त घटनाकी पिडीत र पडिक दुवै प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यलय सुखडले जनाएको छ ।

पिडीत छात्राका अनुसार आफु परीक्षा फाराम भर्न विद्यालयको लेखा शाखामा गएको बेला केही रकम अभाव परेको र त्यसको बदलामा सहलेखापाल चौधरीले यस्तो प्रस्ताव गरि दुर्व्यवहार गरेको बताएकी छन् । पिडीतको जाहेरी नपरेकाले अहिले छलफल मात्रै भैरहेको र जाहेरी आए कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update