Sagun Khabar
कैलालीमा थप चार जनामा कोरोना पुष्टि 
Atrya hospital

कैलाली –कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बिहिबार थप ४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ नमुना परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । 

अस्पतालमा पाँच जना संक्रमितको उपचार भईरहेको छ । ती मध्ये तीनजनाको आइसियुमा उपचार भईरहेको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update