Sagun Khabar
एमसीसीको विरोधमा माओवादी केन्द्रद्वारा बैतडीमा प्रर्दशन 

बैतडी – अमेरीकी सहयोग परियोजना (एमसीसी)को विरोधमा सत्तारुढ माओवादी केन्द्रले बैतडीमा प्रर्दशन गरेको छ । बिहीबार नेकपा माओवादी केन्द्र मेलौली नगर कमिटिको अगुवाईमा विरोध प्रर्दशन गरिएको हो ।

एमसीसी राष्ट्रघाती सम्झौता भएकाले खारेजी गर्नुपर्ने माग अघि सारेर बिरोध प्रर्दशन गरिएको नेकपा माओबादी केन्द्र मेलौली नगर कमिटिका बरिष्ठ उपाध्यक्ष लोकमणि भट्टले बताए ।

Atrya hospital

माओवादी केन्द्रले मेलौलीमा र्याली सहित विरोध प्रदर्शन गरेको हो । उनीहरुले एमसीसी विरुद्ध नाराबाजी समेत गरेका थिए । 

आज नै विप्लव  नेतृत्वको नेकपाले पनि जिल्ला प्रशासन कार्यालय अगाडि एमसीसीको विरोधमा प्रदर्शन गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update