बैतडी –सुदूरपश्चिममा बिहीबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९३० जनाको एन्टिजेन र ३५ जनाको पीसीआर गरी ९६५ जनाको नमूना परीक्षण गर्दा आज २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा ८ सय ३० जना सक्रिय संक्रमित पुगेका छन् । उनीहरुमध्ये १९ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन् । प्रदेशभरी बिहीबार १३ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८ १७:४८
प्रतिक्रिया दिनुहोस्