Sagun Khabar
बैतडीमा १ लाख ३२ हजार बढीले कोरोना विरुद्ध पूर्ण खोप लगाए 

बैतडी –बैतडीमा १ लाख ३२ हजार ५४६ जनाले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् । जिल्लामा १ लाख ४२ हजार ६२९ जनाले खोपको पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना विरुद्धको खोप अभियान अन्तगर्त अहिले सम्म जिल्लामा ४ हजार ३०१ जनाले बुस्टर डोज लगाएका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए । 

जिल्लामा १२ बर्षमाथिका नागरिकलाई कोरोना विरुद्ध खोप दिने कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको दशरथचन्द नगरपालिकामा २४ हजार ३९९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ६९५ जनाले पूर्ण खोप लगाएका छन् । यस्तै पाटन नगरपालिकामा १६ हजार १७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २६ हजार ४९५ जनाले पूर्ण खोप पाएका छन् । जिल्लाको पुर्चौंडी नगरपालिकामा २१ हजार ३४० जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १८ हजार ४६३ जनाले पूर्ण खोप लगाएका छन् । यसैगरी मेलौली नगरपालिकामा १३ हजार ७८५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १० हजार ८४१ जनाले पूर्ण खोप लगाएका छन् । 

Atrya hospital

यसैगरी डिलाशैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८हजार ४४३ जनाले पूर्ण खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८ हजार ५९५ जनाले पूर्ण खोप लगाएका छन् । यस्तै सुर्नया गाउँपालिकामा ९ हजार ६९६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ९ हजार ९२० जनाले पूर्ण खोप लगाएका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९७० जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ६ हजार ९९५ जनाले पूर्ण खोप लगाएका छन् । यस्तै शिवनाथ गाउँपालिकामा ७ हजार ५३९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८ हजार ३८० जनाले पूर्ण खोप लगाएका छन् । जिल्लाको सिगास गाउँपालिकामा ९ हजार ३३२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ७१९ जनाले पूर्ण खोप पाएका छन् । 

जिल्लामा १२ बर्षमाथिका ५३.१ प्रतिशत नागरिकले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् भने ४९.३ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update