Sagun Khabar
बैतडीको कुवाकोटमा खानेपानीको समस्या 
फोटो : तालधुर्पे खानेपानी योजनामा सरसफाई गर्दै उपभोक्ताहरु

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ५ कुवाकोटमा खानेपानीको चरम अभाव भएको छ । २० बर्ष पहिला बनेको तालधुर्पे खानेपानी योजना जीर्ण हुँदा गाउँमा खानेपानीको समस्या भएको तालधुर्पे खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बोहराले बताए ।

१२ किलोमिटर टाढाको मूहानबाट गाउँमा पानी पुगेको भएपनि पछिल्लो समयमा खानेपानी जीर्ण हुँदा समस्या भएको उनले बताए । उनले भने ‘अहिले गाउँमा खानेपानीको निकै समस्या भएको छ । खानेपानी जीर्ण हुँदा स्थानीयहरु पानीको अभाव झेलीरहेका छौं ।’

Atrya hospital

करीब १५० परिवारले प्रयोग गर्ने सो खानेपानी योजना मर्मत सम्भार नहुँदा ठाउँ ठाउँमा पाइप फुटेका छन् । सुख्खायामको समयमा अन्य मूहानहरु सुकेपछि गाउँमा खानेपानीको समस्या भएको स्थानीय मानबहादुर बोहराले बताए । खानेपानी मर्मतका लागि कसैले चासो नदिएको उनको गुनासो छ । 

करीब २० बर्ष अघि नेवा नामक संस्थाको सहयोगमा बनेको सो खानेपानी योजना मर्मतका लागि कसैले सहयोग नगरेको अर्का स्थानीय दिपेन्द्र बोहराले बताए । 

गाउँमा आउने खानेपानीको पाइप ठाउँठाउँमा फुटेको छ भने ट्यांकीहरु पनि मर्मत नहुँदा समस्या छ । गाउँमा खानेपानीका लागि भौतारिनुपर्ने अवस्था आएको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update