कैलाली – नेपाल सरकारका संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसी प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् । शुक्रबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीले एमसीसी विशुद्ध अनुदान परियोजना भएकाले संसदबाट पारित हुने दाबी गरेका हुन् ।
एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको उनले बताए । प्रमुख प्रतिपक्षी एमालेसंगको सहकार्यमा एमसीसी पारित हुने उनले बताए । लोकतन्त्रमा सबै विकल्प सम्भव हुने मन्त्री चौधरीको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८ १५:००
प्रतिक्रिया दिनुहोस्