Sagun Khabar
बैतडी अस्पतालमा हरेक हप्ता सेटेलाइट क्लिनिक 
Atrya hospital

बैतडी – जिल्ला अस्पताल बैतडीमा हरेक हप्ता सेटेलाइट क्लिनिक मार्फत बिशेषज्ञ सेवा दिने कार्य जारी रहेको छ । डडेल्धुरा अस्पतालको संयोजनमा हरेक हप्ताको शुक्रबार बिशेषज्ञ चिकित्सकद्वारा सेवा प्रदान गर्ने गरिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा. चैतन्य जोशीले बताए । 

जिल्लाका नागरिकलाई जिल्ला अस्पतालमै बिशेषज्ञ सेवा दिने उद्देश्यले सेटेलाइट क्लिनिक सञ्चालन गर्ने गरिएको उनले बताए । आज जनरल सर्जनले सेवा दिएको डा. जोशीले बताए । 

डडेल्धुरा अस्पतालका जनरल सर्जन डा. पवन सापकोटाले सेटेलाइट क्लिनिकमा सेवा दिएका हुन् । आज १० जना बिरामीले सेवा लिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update