कैलाली – प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोग गठन भएको एक वर्षपछि वार्षिक कार्यतालिका बनाएर सार्वजनिक गरिएको हो । चैत दोस्रो सातामा पहिलो विज्ञापन खोल्ने गरी कार्यतालिका तयार पारिएको प्रदेश लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टले बताए ।
वन सेवा, जनरल फरेष्टी, वन रक्षक र तह विहीन समूहतर्फ फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, फागुनमै प्रतिशत निर्धारण गर्ने र चैतको दोस्रो बुधबार विज्ञापन खोल्ने तालिका तयार भएको बिष्टले बताए ।
यस्तै विभिन्न सेवाका सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुका लागि फागुनमा माग आकृति फारम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र बैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ ।
सहायकस्तर चौथो तहका प्राविधिक पदहरुतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका तयार भएको सचिव बिष्टले बताए ।
प्रदेश लोकसेवा आयोगले तयार पारेको कार्यतालिका आजदेखि नै लागू भएको आयोगले जनाएको छ ।