Sagun Khabar
बैतडीमा थप १२८ जनामा कोरोना पुष्टि, १६ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा बुधबार थप १२८ जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा थप १२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए  ।

एन्टीजेन विधिबाट बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ का १८ बर्षीय पुरुष र बझाङको बुंगल नगरपालिकाका १९, ३२ र ४४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

Atrya hospital

यस्तै पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६० जना, दशरथचन्द नगरपालिकाका ३४, सुर्नया गाउँपालिकाका १३ र पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकाका १÷१ जना संक्रमण पुष्टि भएको छ । बुधबार बैतडीमा १६ जनाले कोरोना जितेका छन् ।

बुधबार थप १२८ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७५९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३३३ जना, पाटन नगरपालिकामा १७२ जना, पुर्चौंडी नगरपालिकामा ३३ जना र मेलौली नगरपालिकामा ३२ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६६ जना, सुर्नया गाउँपालिकामा ३६ जना, सिगास गाउँपालिकामा ३७ जना, दोगडाकेदार गाउँपालिकामा १६ जना, शिवनाथ गाउँपालिकामा २० जना र डिलाशैनी गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update