बैतडी –बैतडीको पाटनमा पाटन प्रिमियर लिग आज देखि सुरु भएको छ । आज दुई वटा खेलहरु भएका छन् । आज भएका दुई खेलमा आयोजक पाटन क्रिकेट क्लब र पाटन एकेडेमिले विजयी सुरुवात गरेका छन् ।
आज भएको पहिलो खेलमा पाटन एकेडेमीले धारिलो क्रिकेट क्लबलाई हराएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको धारिलो क्रिकेट क्लबले १२ ओभरमा सबै बिकेट गुमाउदै ७६ रनमा समेटियो । ७७ रनको बिजयी लक्ष पाएको पाटन एकेडेमीले ५ ओभरमा २ विकेट गुमाएर ७७ रनको लक्ष्य भेट्टाएको हो ।
आजै भएको दोश्रो खेलमा आयोजक पाटन क्रिकेट क्लबले ठेकेदार वापिरयर्ससामु फराकिलो अन्तरले जित हात पारेको छ । टस जितेर ब्याटिङ् रोजेको पाटनले निर्धारित १५ ओभरमा बिकास बिष्टको शतकीय पारीमा २३० रनको उच्च स्कोर खडा गरेको थियो । बिकास बिष्ट जारी प्रतियोगिताको पहिलो सतक प्रहार गर्ने खेलाडी बनेका छन् । २३१ रनको विजयी लक्ष्य पच्छ्याएको ठेकेदार वारियर्सले ९ ओेभरमा अलआउट हुदै ६४ रन मात्रै बनाउन सक्यो । ठेकेदार वारियर्सका दिनेश ऐरले १३ रन बनाउनबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
पाटन क्रिकेट क्लबका दिपक बिष्टले ३ तथा विकास बिष्ट र प्रकास बुडालले दुई दुई बिकेट हात पारेका थिए ।
पाटन नगरपालिकाका नगर प्रमुख केशव बहादुर चन्दको प्रमुख आतिथ्यातामा पीपीएल प्रतियोगिताको औपचारिक समुद्घाटन् गरिएको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार ५५, ५५५ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी द्वितीय पुरस्कार २२,२२२ नगतसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ३,३३३ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट ब्याट्सम्यान र बलरलाई समान १ हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रत्येक खेलहरुमा म्यान अफ द म्याच खेलाडीलाई नगदको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको छ ।