बैतडी – नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएलको सुर्नयामा पालिका सम्मेलन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको सम्मेलनले जयबहादुर बिष्टको अध्यक्षतामा ५१ सदस्यीय पालिका कमिटि चयन गरेको छ ।
सो कमिटिको उपाध्यक्षमा धनबहादुर साउँद, अम्मरसिंह महरा र विरेन्द्र विक चयन भएका छन् । यस्तै सचिवमा गोपालबहादुर महरा, सहसचिवमा केशव भट्ट र कोषाध्यक्षमा अम्बिका बिष्ट चयन भएकी छिन् ।
सम्मेलनले वाइसिएलको सुर्नया इन्चार्जको जिम्मेवारी केशव भट्टलाई दिएको छ । वाइसिएलका केन्द्रिय सदस्य एवं बैतडी इन्चार्ज विरेन्द्र धामीको उपस्थितीमा पालिका सम्मेलन सम्पन्न भएको हो ।
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८ ०८:३७
प्रतिक्रिया दिनुहोस्