Sagun Khabar
बैतडीमा १८ हजार बढी बालबालिकाले कोरोना विरुद्ध पूर्ण खोप लगाए 

बैतडी –बैतडीमा १२ देखि १७ बर्ष उमेर समूहका १८ हजार बढी बालबालिकाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार १८ हजार ६९९ बालबालिकाले कोरोना विरुद्धको मोडर्ना खोपको पूर्ण मात्रा पाएका हुन् । जिल्लाका ३४ हजार १६ जना बालबालिकाले मोडर्ना खोपको पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिकामा ३ हजार ४५०, दोगडाकेदार गाउँपालिकामा ४ हजार ८२३ र पञ्चेश्वर गाउँपालिकामा ३ हजार ३३ जना बालबालिकाले खोपको पहिलो मात्रा लगाएका छन् । यी गाउँपालिकाहरुमा खोपको दोश्रो मात्रा लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए । 

Atrya hospital

यस्तै दशरथचन्द नगरपालिकामा ३ हजार ४९९ जना बालबालिकाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८ जनाले मात्रै दोश्रो मात्रा लगाएका छन् । पुर्चौंडी नगरपालिकामा ५ हजार ७८७ जनाले पहिलो मात्रा लगाएका छन् भने ५ हजार २२५ जनाले दोश्रो मात्रा लगाएका छन् । 

यसैगरी पाटन नगरपालिकामा ३ हजार ९५४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३ हजार १७३ जनाले खोपको दोश्रो मात्रा लगाएका छन् । यसैगरी मेलौली नगरपालिकामा ३ हजार ३७३ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २ हजार ९४६ जनाले खोपको दोश्रो मात्रा लगाएका छन् । 

यस्तै सुर्नया गाउँपालिकामा २ हजार ६८६ जना बालबालिकाले खोपको पहिलो मात्रा लगाएका छन् भने २ हजार ३२० जनाले खोपको दोश्रो मात्रा लगाएका छन् । शिवनाथ गाउँपालिकामा १ हजार ४५७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २ हजार ३१७ जना बालबालिकाले खोपको दोश्रो मात्रा लगाएका छन् ।

यसैगरी सिगास गाउँपालिकामा २ हजार ९५४जना बालबालिकाले खोपको पहिलो मात्रा लगाएका छन् भने २ हजार ७१० जनाले खोपको दोश्रो मात्रा लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update