Sagun Khabar
बैतडीमा कांग्रेस – एमालेको ध्यान टोलतिर 

बैतडी –बैतडीमा नेकपा एमाले र नेपाली कांग्रेसले संगठन विस्तार अभियानलाई तीव्रता दिएका छन् । दुवै दलहरुले अहिले टोलस्तरीय समिति तथा कमिटि गठनमा ध्यान दिएको बताएका छन् । 

नेकपा एमालेले पार्टीको विधान अनुसार टोल कमिटि गठन कार्य जारी राखेको एमालेका केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्टले बताए । उनले भने ‘हामीले पार्टीको विधान अनुसार टोल कमिटि, वार्ड कमिटि, सेल कमिटिहरु गठन गरिरहेका छौं । यो पार्टीको संगठन विस्तारको काम अन्तगर्त भईरहेको छ ।’

Atrya hospital

जिल्लाका ८४ ओटै वडाका टोलहरुमा टोल कमिटि गठन कार्य भईरहेको भट्टले बताए । एक वडामा ५ देखि ९ सम्म टोलहरु रहेका र सोही अनुसार कमिटि गठन कार्य भईरहेको उनले बताए । 

यस्तै नेपाली कांग्रेसले पनि जिल्लाभरी टोल कार्यसमिति गठन गर्ने कार्य भईरहेको जनाएको छ । जिल्लाका ८४ ओटै वडाका अधिकांश टोलमा टोल समिति गठन कार्य सम्पन्न भईसकेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । फागुन २० गतेभित्र टोल समिति गठन गरिसक्ने लक्ष्य रहेको उनले बताए । 

टोल समिति गठनसंगै पार्टी प्रवेश कार्यक्रम सञ्चालनमा रहेको सचिव चन्दले बताए । प्रजातन्त्र दिवसको अवसर पारेर पार्टीले ८४ ओटै वडामा एकैदिन कार्यक्रम सञ्चालन समेत गरेको उनले बताए । 

यस्तै फागुन ३० देखि चैत ३० सम्म केन्द्रिय समितिको निर्देशन अनुसार जन–जनमा कांग्रेस पुर्याऔं, घरघरमा कांग्रेस पुर्याऔं अभियान सञ्चालन हुने सचिव चन्दले बताए । उनले भने ‘स्थानीय तहको निर्वाचनको तयारी समेत हामीले गरिरहेका छौं । कांग्रेसका बारेमा आम नागरिकलाई बुझाउन टोलटोलमा पुगीरहेका छौं ।’
 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update