बैतडी –सुदूरपश्चिमका पहाडी क्षेत्रमा पानी परेसंगै चिसो बढेको छ । आज दिउँसोदेखि बैतडी सहित सुदूरपश्चिमका पहाडी क्षेत्रमा पानी परीरहेको छ । पानी परेका कारण ह्वात्तै चिसो बढेको स्थानीयहरुले बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिम सहित देशका विभिन्न ठाउँमा हल्क बर्षा भईरहेको हो । हिउँदे बर्षा भएकाले चिसो बढेको स्थानीयहरुको भनाई छ । अन्य बर्षको तुलनामा यो हिउँदमा पानी र हिमपात बढी भएकाले चिसो बढेको दशरथचन्द नगरपालिका १ का स्थानीय देवदत्त भट्टले बताए ।
पानी परेसंगै चिसो बढेकाले जनजीवन प्रभावित भएको स्थानीयहरुले बताएका छन् । चिसोको समयमा बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८ १६:३६
प्रतिक्रिया दिनुहोस्