बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलास्थित मणिलेक माविमा लामो समय विद्यालय व्यवस्थापन समितिका लागि चारजना सदस्य चयन भएका छन् । शनिबार विद्यालयमा भएको अभिभावक भेलाले जयदेव भट्ट, चन्द्रबहादुर टेर, भागरथी भट्ट र कमला धामीलाई सदस्यमा सर्वसम्मत चयन गरेको विद्यालयका प्रधानाध्यापक केशवदत्त भट्टले बताए ।
विद्यालयमा गएको असारमा विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको भएपनि विविध कारणले समिति गठन हुन सकेको थिएन् । चयन भएका चार जना सदस्य र अन्य मनोनित सदस्यहरुबाट पछि अध्यक्ष चयन गरिने प्रधानाध्यापक भट्टले बताए ।
यद्यपि निवर्तमान व्यवस्थापन समितिका सदस्यहरुले नै व्यवस्थापन समिति चयनप्रति असहमति जनाएका छन् । विद्यालय व्यवस्थापन समितिका निवर्तमान सदस्य अमर टेरले विद्यालय व्यवस्थापन समितिका लागि अरु पनि आकांक्षी रहेको दाबी गरे ।
यता विद्यालय प्रशासनले भने शिक्षा ऐन नियमावली अनुसार विद्यालय व्यवस्थापन समिति गठन भएको जनाएको छ ।