Sagun Khabar
स्वास्थ्य सेवा दिवसको अवसरमा बैतडीमा पत्रकारहरुसंग अन्तरक्रिया 

बैतडी – स्वास्थ्य सेवा दिवसको अवसर पारेर स्वास्थ्य कार्यालय बैतडीले पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २४ औं स्वास्थ्य सेवा दिवस गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ आइतबार मनाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए 

स्वास्थ्य कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा जानकारी दिने उद्देश्य सहित दिवसको अवसर पारेर कार्यालयले अन्तरक्रिया गरेको स्वास्थ्य प्रमुख भट्टले बताए । 

Atrya hospital

स्वास्थ्य कार्यालयले चालु आर्थिक बर्षमा स्थानीय तहसंग समन्वय, सीमा नाकामा स्वास्थ्य केन्द्र सञ्चालनमा निरन्तरता, जनस्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन, विद्यालय नर्स कार्यक्रम, मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, मानसिक स्वास्थ्य शिविर सञ्चालन, नसर्ने रोग सम्बन्धि शिविर र प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जानकारी दिइएको छ । 

सडक दुर्घटना न्यूनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम, आपतकालिन स्वास्थ्य उद्धार तथा प्रेषण कार्यक्रम, एकीकृत जनस्वास्थ्य अभियान लगायतका कार्यक्रम सञ्चालन गरिरहेको स्वास्थ्य प्रमुख भट्टले बताए । 

अन्तरक्रियामा सहभागी पत्रकारहरुले देश संघीयतामा गईसकेपछि स्वास्थ्य सम्बन्धि एकीकृत सूचना प्राप्तिमा केही असहजता भएको बताएका छन् । यस्तै अन्तरक्रियामा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले स्वस्थ भएर बाँच्नु पाउन नागरिकको मौलिक अधिकार भएकाले यो तर्फ सबैले सचेत हुनुपर्ने बताए । स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउनका लागि तिनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update