बैतडी –नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसियल नेपालले बैतडीमा संगठन विस्तार अभियान सञ्चालन गरेको छ । पार्टीको संगठन विस्तार अभियान अन्तर्गत वाइसियलको पालिकास्तरीय सम्मेलन गर्ने कार्यक्रम जारी रहेको वाइसियल बैतडीका इन्चार्ज विरेन्द्र धामीले बताए ।
जिल्लाको पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा वाइसियलको पालिकास्तरीय कमिटि गठन भईसकेको धामीले बताए । अन्य स्थानीय तहमा पनि छिट्टै पालिकास्तरीय कमिटि गठन गरिने वाइसियल इन्चार्ज धामीले बताए ।
शनिबार मात्रै दशरथचन्द नगरपालिकामा सुरेशबहादुर बोहराको अध्यक्षतामा वाइसियलको ६१ सदस्यीय पालिकास्तरीय कमिटि गठन गरिएको नेकपा माओवादी केन्द्रका दशरथचन्द नगरकमिटि अध्यक्ष गोपाल बोहराले बताए ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८ १७:२६
प्रतिक्रिया दिनुहोस्